January 2010
3 posts
December 2009
2 posts
माइक्रोब्लगिङ
नेपालमा फेसबुक नै बढी चलेको छ सोसल नेटवर्क र माइक्रोब्लगिङका लागि। मलाई भने ट्विटर मन पर्छ। दुवैका अलग विशेषता छन्। तर यी दुई लोकप्रिय नहुँदा थालेको tumblr भने कति महिनादेखि अलपत्र पो परेको छ त :(
अनलाइनमा काम गर्नुको मज्जा
सिक्काका दुई पाटा हुन्छन्। हरेक कामका फाइदा र बेफाइदा दुवै हुन्छन्। अनलाइनमा काम गर्दाका बेफाइदाहरु पनि होलान् तर म चाहिँ फाइदामा रमाइरहेको छु। एउटा फाइदा के पनि हो भने यसमा हामीले लेख्ने समाचार र एंगलिङले भोलिपल्टका पत्रिकाहरुको एजेन्डा सेटिङ भइरहेको हुन्छ। धेरै पटक यस्ता घटना भएका छन् तर अल्छीपनाका कारण लिपिवद्ध गरिएको छैन। हिजोको एउटा घटना भने अन दि रेकर्ड राख्न मन लाग्यो
हिजो नेवाः...
March 2009
1 post
यस्तै छ
यहाँ केही नलेखेको पनि धेरै भइसकेछ।
खास कुरा केही छैन।
अब फेरि पढाइमा व्यस्त हुनुपर्ने बेला आएको छ। वैशाखतिर परीक्षा हुन सक्छ।
December 2008
1 post
Blogs provide ordinary individuals with dizzying power: the ability to shout a...
– http://english.ohmynews.com/articleview/article_view.asp?at_code=436071&no=384289&rel_no=1
November 2008
2 posts
October 2008
7 posts
च्याट पोस्टको परीक्षण
21: 30 anjalikeem: hello
21: 31 me: यो फोन हो र हेलो हेलो गर्न ;)
anjalikeem: hehe
aba nudge garaera suchana diu bhane chaian ni ta
me: nudge ta ekdum irritating
21: 32 yahoo ma tehi bhayera janna ma
anjalikeem: heheh
hello thik chha teso bhaye
pahile alikati noify ta garnu paryo ni
me: म चाहिँ फोनमा समेत हेलो भन्दिन
सीधै कुरा
anjalikeem: hello bhane pachi reply garyo bhane busy chaina
bhanena bhane la aba ahile not right time to talk bhanera taha paincha
hora
21: 33 me: फोन आएको हो भने हजुर, भन्नुस् भन्छु
गर्दा चाहिँ के छ खबर भन्छु
anjalikeem: huna ta phone ma hello bhannu time waste ho
21: 34 me: अम्रिकातिर कुइरेहरु के भन्छन् ? त्यहाँ पनि हेलो भन्दैनन् होला
यस भन्छन् होला फिलिममा देखेको त
anjalikeem: hey this is phalano bhanchan'
manche chicha bhane chai yes bhancha
me: त्यही त है हामी मात्र जान्ने भएर हेलो भन्नुपर्ने
anjalikeem: natra hey this is ....bhancha
hehe
21: 35 me: हाम्री नपढेकी हजुरआमा पनि फोन गर्दा ह्याल्लोSSSS भन्ने के
anjalikeem: hehe
21: 36 :D
me: सीधै काम कुरा गरे त फोनको पैसा नि कम हुने
बेकारमा हेलो न सेलो
anjalikeem: tyai ta
me: ल अब यही विषयमा ब्लग लेख्नुपर्ला जस्तो छ
: )
anjalikeem: maile bhannai lageko thiye
21: 37 interesting topic huncha
म अर्बपति
चिठ्ठा पर्यो रे मलाई। जेरो नै पाँच वटा भएको पाउन्डको। बकवास। यस्ता चिठ्ठाहरु साँच्चिकै परेको भए त म बिल गेट्सभन्दा धनी भइसक्थेँ होला। कहाँ कहाँबाट मेरो जीमेलको स्पामलाई छल्दै इनबक्समा आक्रमण गर्न आइपुग्छन् यी बकवासहरु। अलि नजानेका मान्छेलाई त लोभ्याएर झुक्याइहाल्छन् यी ठग मोराहरुलेऽ
fromToby Meredith <Toby.Meredith@port.ac.uk> to date25 October 2008 22:20 subjectCONGRATULATION!!!...
अल्छी
माइक्रोब्लगिङ गर्न अल्छी गरेकोले होला यो साइटमा नछिरेको कति भइसक्यो। खासै त्यस्तो लेख्नुपर्ने कुरा पनि केही देखिएन। त्यसैले पनि लेखिएन र माइसंसार तिर नै रमियो। तिहार सुरु भयो आजबाट। तिहारपछि कलेज सुरु हुन्छ। कलेजका धेरै assignment हरु पछि गरौँला भन्दै अल्छी गरिरहेको छु। अब सब कुरा मिलाएर गर्नुपर्छ। मिलाएर गर्नुपर्छ भन्दा अस्ति नै जोगबनीमा ‘मिलाउन मिल्दैन, यो फिक्स प्राइसको दोकान हो’...
September 2008
3 posts
शिक्षा दिवस कलेज बन्द गरेर मनाइयो
हाम्रो जर्नलिज्म एन्ड मास कम्युनिकेसन एमए दोस्रो वर्षको कक्षा बडो सुस्त गतिले भइरहेको छ। कहिले अरुहरुको परीक्षा छ भनेर हप्ता दिनसम्म क्लास नहुने, अनि कहिले चाहिँ के भनेर कहिले के भनेर। हप्तामा छ दिन क्लास त अहिलेसम्म भएकै छैन। विदा पनि कति हुने रहेछ।
आज (सेप्टेम्बर ८) मा पनि विदा। किन रे भन्दा शिक्षा दिवसका लागि रे। पहिले पहिले अर्कै दिन मनाइन्थ्यो शिक्षा दिवस। यो चाहिँ गणतन्त्र नेपालको पहिलो...
August 2008
3 posts
यात्रामा
अबको केही घण्टापछि एउटा यात्रामा जाँदैछु- आफैलाई खोज्ने यात्रा। फर्किएपछि त्यसको अनुभव लेख्ने नै छु।
July 2008
4 posts
ब्लगको विज्ञापन एफएममा
ब्लगको विज्ञापन एफएममा बजेको कहिल्यै सुन्नुभएको छ ?
सुन्नुभएको छैन भने नेपालीको रेडियो ८८.८ मेगाहर्ज एफएममा सुन्नुस् है त। त्यसमा जुलाई २९ तारिख राति १० बजेदेखि माइसंसार डट कमको विज्ञापन बज्न थालेको छ। माइसंसार डट कमबाट सो एफएम सुन्न सकिन्छ।
एफएम सञ्चालक सन्तोष भट्टराईले यो विज्ञापन बनाएका हुन्।
जे होस्, नेपालमा पहिलो पटक एउटा ब्लगको विज्ञापन रेडियोमा बज्दा पनि एउटा कीर्तिमानै कायम भएको छ।...
एक्जाम पनि सकियो, जागिर पनि खुस्कियो
परीक्षा बल्ल साउन ८ मा सकियो। त्यसो त परीक्षा जेठ १६ गतेदेखि नै सुरु हुने पूर्वनिर्धारित कार्यक्रम थियो। तर जेठ १५ मा गणतन्त्र घोषणा भएपछि भोलिपल्ट १६ गते नै परीक्षा कसरी दिन सकिन्छ भन्दै विद्यार्थीहरुले विरोध गरेपछि जेठ १६ को एउटा परीक्षा आज अर्थात् साउन ८ गतेका लागि सारिएको थियो। परीक्षा लगभग ठीकै गरियो। यस पटक सूचना प्रविधिको पनि भरपूर उपयोग गरियो परीक्षाका लागि। तर चार चार घण्टासम्म हातले...
June 2008
9 posts
युरोको कुरो
काठमाडौँलाई युरो ज्वरोले छपक्कै ढाकिसके पनि म भने पढाइमा व्यस्त भएकोले (कति न फर्स्ट डिभिजन ल्याउने जस्तो, पढाइ एकातिर प्रश्न अर्कोतिर छ) त्यसबाट अछुतै थिएँ। यसपालि पहिलो पटक होला मैले युरो कपको एउटै खेल नहेरेको। आज अघि रातिदेखि नै घरबाहिर होहल्ला थियो। सुरुमा त सोचेँ, कुनै पार्टी सार्टी होला। पछि युरो कपको कुनै खेल हेर्न बसेका जस्तो लाग्यो।
गुगल च्याटमा भेटिएका अमेरिका भासिएका साथी ईश्वरलाई...
The most difficult gadget to operate is a human being. It has invisible buttons,...
तेस्रो Exam को तयारी
दोस्रो exam आइतबार सकियो। सोचेभन्दा ठीकै भयो।
दोस्रो exam अघि बिरामी जस्तो भएर ज्वरो पनि आएको थियो।
तेस्रो exam चाहिँ research methodology को छ। यसमा झन् तयारी गर्नुपर्ने देखिएको छ।
बल्ल घट्यो इन्टरनेटमा बिताइने समय
हिजोदेखि एडिएसएल चलेन। वैशाख ३१ देखि चलाएको रहेछु। हिजोबाट एक महिना पुगेको रहेछ। अब अर्को शुल्क भुक्तान नगरुञ्जेल नचल्ने रहेछ। एनटीसीले सेवा सकिन लाग्यो है भनेर खबर पनि नगर्ने रहेछ।
दिनमा इन्टरनेट नचल्ने भएपछि यसले इन्टरनेटमा भुलिने समय भने घटेको छ। परीक्षाअगाडि फाइदैको कुरा हो यो।
पढाइ अझै व्यवस्थित हुन सकेको जस्तो लागेको छैन। कोर्स अफ स्टडी र विगतमा सोधिएका प्रश्नहरु भिडाउँदा निकै फरक पाउँछु।...
मेरा (अ)शुभचिन्तकहरुप्रति समर्पित गर्दै एउटा गीत
पढाइमा व्यस्त भइरहेको बेला एक जना शुभचिन्तकले मेरा केही अशुभचिन्तकहरुले मलाई खेदो गरिरहेका छन् रे भनेर सुनाए। मैले जवाफ दिएँ, गरोस्, गरोस्। म पढाइमा व्यस्त छु। बरु यो एउटा गीत चाहिँ उनीहरुप्रति समर्पित। बरु पढाइमा व्यस्त हुनुपरेकोले नारायणहिटी दरबारभित्रका थप फोटो र भिडियो आइतबारपछि मात्रै अपडेट गर्न पाइने भयो। दुःख लागेको छ यसमा
Kati jalchau aarishai le x2 Ajhai jaldai gara Ma ta hidchu...
पढ्नु पर्यो, पढ्नु पर्यो, पढ्नु पर्यो
हो, पढ्नु पर्यो।
किनभने १५ जुनमा अर्को परीक्षा छ-
Historical Development of Mass Communication
पढ्न बस्यो कि निद्रा लागेको जस्तो हुन्छ। त्यही माथि यो इन्टरनेट छोयो कि यसैमा भुलिन्छ। धत् अब त भएन। अब जान्छु पढ्न।
आखिर परीक्षाका लागि मात्र हैन, पढ्नु त आफ्नै ज्ञानका लागि पनि राम्रो हो नि।
तर परीक्षा ? अहो, कति यातनादायी !
चार चार घण्टा लेख्यालेख्यै गर्नुपर्ने। हात दुखेर हैरान...