June 2008
9 posts
युरोको कुरो
काठमाडौँलाई युरो ज्वरोले छपक्कै ढाकिसके पनि म भने पढाइमा व्यस्त भएकोले (कति न फर्स्ट डिभिजन ल्याउने जस्तो, पढाइ एकातिर प्रश्न अर्कोतिर छ) त्यसबाट अछुतै थिएँ। यसपालि पहिलो पटक होला मैले युरो कपको एउटै खेल नहेरेको। आज अघि रातिदेखि नै घरबाहिर होहल्ला थियो। सुरुमा त सोचेँ, कुनै पार्टी सार्टी होला। पछि युरो कपको कुनै खेल हेर्न बसेका जस्तो लाग्यो। गुगल च्याटमा भेटिएका अमेरिका भासिएका साथी ईश्वरलाई...
Jun 29th
“The most difficult gadget to operate is a human being. It has invisible buttons,...”
Jun 16th
तेस्रो Exam को तयारी
दोस्रो exam आइतबार सकियो। सोचेभन्दा ठीकै भयो। दोस्रो exam अघि बिरामी जस्तो भएर ज्वरो पनि आएको थियो। तेस्रो exam चाहिँ research methodology को छ। यसमा झन् तयारी गर्नुपर्ने देखिएको छ।
Jun 16th
बल्ल घट्यो इन्टरनेटमा बिताइने समय
हिजोदेखि एडिएसएल चलेन। वैशाख ३१ देखि चलाएको रहेछु। हिजोबाट एक महिना पुगेको रहेछ। अब अर्को शुल्क भुक्तान नगरुञ्जेल नचल्ने रहेछ। एनटीसीले सेवा सकिन लाग्यो है भनेर खबर पनि नगर्ने रहेछ। दिनमा इन्टरनेट नचल्ने भएपछि यसले इन्टरनेटमा भुलिने समय भने घटेको छ। परीक्षाअगाडि फाइदैको कुरा हो यो। पढाइ अझै व्यवस्थित हुन सकेको जस्तो लागेको छैन। कोर्स अफ स्टडी र विगतमा सोधिएका प्रश्नहरु भिडाउँदा निकै फरक पाउँछु।...
Jun 13th
मेरा (अ)शुभचिन्तकहरुप्रति समर्पित गर्दै एउटा गीत
पढाइमा व्यस्त भइरहेको बेला एक जना शुभचिन्तकले मेरा केही अशुभचिन्तकहरुले मलाई खेदो गरिरहेका छन् रे भनेर सुनाए। मैले जवाफ दिएँ, गरोस्, गरोस्। म पढाइमा व्यस्त छु। बरु यो एउटा गीत चाहिँ उनीहरुप्रति समर्पित। बरु पढाइमा व्यस्त हुनुपरेकोले नारायणहिटी दरबारभित्रका थप फोटो र भिडियो आइतबारपछि मात्रै अपडेट गर्न पाइने भयो। दुःख लागेको छ यसमा  Kati jalchau aarishai le x2  Ajhai jaldai gara Ma ta hidchu...
Jun 12th
Jun 11th
Jun 11th
Jun 10th
पढ्नु पर्‍यो, पढ्नु पर्‍यो, पढ्नु पर्‍यो
हो, पढ्नु पर्‍यो। किनभने १५ जुनमा अर्को परीक्षा छ- Historical Development of Mass Communication पढ्न बस्यो कि निद्रा लागेको जस्तो हुन्छ। त्यही माथि यो इन्टरनेट छोयो कि यसैमा भुलिन्छ। धत् अब त भएन। अब जान्छु पढ्न। आखिर परीक्षाका लागि मात्र हैन, पढ्नु त आफ्नै ज्ञानका लागि पनि राम्रो हो नि। तर परीक्षा ? अहो, कति यातनादायी ! चार चार घण्टा लेख्यालेख्यै गर्नुपर्ने। हात दुखेर हैरान...
Jun 10th