Wed
Jun
11
पढ्नु पर्यो, पढ्नु पर्यो, पढ्नु पर्यो
हो, पढ्नु पर्यो।
किनभने १५ जुनमा अर्को परीक्षा छ-
Historical Development of Mass Communication
पढ्न बस्यो कि निद्रा लागेको जस्तो हुन्छ। त्यही माथि यो इन्टरनेट छोयो कि यसैमा भुलिन्छ। धत् अब त भएन। अब जान्छु पढ्न।
आखिर परीक्षाका लागि मात्र हैन, पढ्नु त आफ्नै ज्ञानका लागि पनि राम्रो हो नि।
तर परीक्षा ? अहो, कति यातनादायी !
चार चार घण्टा लेख्यालेख्यै गर्नुपर्ने। हात दुखेर हैरान अस्तिको परीक्षामा। टाइप गरेर दिन नपाइने के गर्नु ! वर्षभरी पढेको कुरा चार घण्टा केही नहेरी लेखेर दिनुपर्ने रे। नियम कडा छ !