म र मेरो संसार

and its ONLY about me...NO more poltics...just me n my sansar !!! माइसंसार डट कमका राजनीतिक गफलाई छाडेर आफ्नै संसारमा रम्नका लागि यो व्यक्तिगत गफको चौतारी contact me salokya@gmail.com MSN: salokya Yahoo: salokya
Wed Jun 11
आज पनि पढिएन। पढ्न भनेर बसेको भूपू राजा ज्ञानेन्द्रको प्रेस सम्मेलनतिर पो गइयो। ठुलो धकेलाधकेलपछि छिरियो दरबारभित्र र हेरियो ज्ञानेन्द्रको भाषण। दरबार पनि पहिलो पटक भित्रैबाट हेर्न पाइयो। जे होस् आज नपढे पनि नयाँ काम गरियो। माइसंसारमा लाइभ पनि गर्न सकियो। लाइभ गर्दैगर्दा रेडियो नेपालका हरिशरण लामिछानेले पनि लाइभ अन्तर्वार्ता लिएका थिए मेरो।
 
दशैँमा टीका थाप्न राजावादीहरु लाइन बसेको झल्को आउने रहेछ। बाहिर एउटा गेट छिचोलेपछि यहाँ अर्को गेट छिचोल्न चाहिँ लाइन बस्नुपर्ने रे। लाइनमा मसँगै छन् साथी धर्मराज भुसाल, अनलाइन खबर डट कमका सम्पादक। उनी पनि परीक्षाको तयारी नगरी यता हुत्तिएका थिए। क्यार्नु त नि, पत्रकारको जातै यस्तो। तर हामी तीभित्रका उत्ताउला र अशिष्टहरु जस्तो चाहिँ भएनौँ है। उनीहरुले त कुर्सी पनि भाँचे। अव्यस्था त अति थियो नि।

कृष्ण र म।

नारायणहिटी संग्रहालयको द्वारमा प्रतिबिम्बित भएका हामी।

यही कुर्सीमा बसेका थिए ज्ञानेन्द्र। पछि केही उत्ताउला पत्रकारहरु यहाँ बसेर फोटो खिचे। हो, भूपू राजा बस्या ठाउँमा जनताको छोरा बस्नुहुन्न र भन्ने उनीहरुको तर्क ठीक हो। तर उनीहरुले आफूलाई पत्रकारको रुपमा आएको चाहिँ किन बिर्से हँ। छ्या, छ्या, लाजै लाग्यो मलाई त। अझ गमक्क परेर फोटो खिचेका हेर न। मौका पाए त यिनीहरु पनि राजा बन्थे होलान्, पोज देख्‍दा त्यस्तै लाग्यो। अलि सभ्यता सिक्नुपर्थन ?  

Comments (View)
blog comments powered by Disqus

Browse the Archive  /  Subscribe via RSS  /  Powered by Tumblr

Users Online