म र मेरो संसार

and its ONLY about me...NO more poltics...just me n my sansar !!! माइसंसार डट कमका राजनीतिक गफलाई छाडेर आफ्नै संसारमा रम्नका लागि यो व्यक्तिगत गफको चौतारी contact me salokya@gmail.com MSN: salokya Yahoo: salokya
Fri Jun 13

बल्ल घट्यो इन्टरनेटमा बिताइने समय

हिजोदेखि एडिएसएल चलेन। वैशाख ३१ देखि चलाएको रहेछु। हिजोबाट एक महिना पुगेको रहेछ। अब अर्को शुल्क भुक्तान नगरुञ्जेल नचल्ने रहेछ। एनटीसीले सेवा सकिन लाग्यो है भनेर खबर पनि नगर्ने रहेछ।

दिनमा इन्टरनेट नचल्ने भएपछि यसले इन्टरनेटमा भुलिने समय भने घटेको छ। परीक्षाअगाडि फाइदैको कुरा हो यो।

पढाइ अझै व्यवस्थित हुन सकेको जस्तो लागेको छैन। कोर्स अफ स्टडी र विगतमा सोधिएका प्रश्नहरु भिडाउँदा निकै फरक पाउँछु। विषय Histotical Development of Mass Communication हो तर प्रश्नहरु अनेक क्षेत्रलाई समेटिने सोधिएका छन्। निश्चित पाठ्यक्रम पनि हुँदैन। पाठ्यपुस्तक पनि पाइँदैन। स्नातकोत्तरको पढाइ नै यस्तै होला नि शायद।  अस्ति प्रिन्सिपलको परीक्षामा पनि विदेशमा पढिरहेका साथीहरुसित हारगुहार गरी गरी जर्नलहरु डाउनलोड गरेर डिजिटल फोटोग्राफीको बारेमा पढेर गएको थिएँ, प्रश्न आइदियो डार्करुमसम्बन्धी। डिजिटल फोटोग्राफीको जमानामा नेगेटिभ कसरी डार्करुममा धुलाइन्छ भन्ने प्रश्नको जवाफ मैले दिनै सकिनँ।

त्यसमाथि लेखेर दिनु पर्ने परीक्षा निकै गार्‍हो छ। त्यसै पनि हातले लेख्‍ने बानी छैन, त्यसमा पनि चार घण्टा लेखेको लेख्‍यै गर्नुपर्ने परीक्षा प्रणाली छ हाम्रो।

पढाइमा नै सबै ध्यान केन्द्रित गरिरहेको छु। माइसंसारमा केही लेख्‍न नपाउँदा दुःख लाग्दो रहेछ। कमेन्ट पनि एप्रुभ गर्न अरुलाई जिम्मा लगाइदिएको छु। नारायणहिटीमा पत्रकार सम्मेलनसम्बन्धी पत्रकारहरुको उपद्रोको विषयको ब्लगमा ब्लगर साथी केपीले कमेन्टको एक नम्बरमा नै किन नयाँ पत्रिकाको पत्रकार होला त्यो भनेर राखेको भनेर फोन गर्‍यो अघि। नियतवश गरेको ठानेछ उसले। नयाँ पत्रिकासँग मेरो केको दुश्मनी हुनु र। ब्लगर भएर पनि त्यस्तो सोचेकोमा दुःख लाग्यो। उसले इमेल पनि पठाएको रहेछ।

यस्तो थियो इमेल

Namasta umesh ji,

k cha yar. sorry hai blog ma mistake la timro nam parako ma. MY sansar ma padhako vram paracha malai. (हिजो उसले ब्लगर उमेश श्रेष्ठका अनुसार पत्रकारहरुले ज्ञानेन्द्रलाई गाली गरेको भनेर उसको ब्लगमा लेखेको रहेछ। जबकि मैले त्यसो भनेकै थिइनँ र ब्लगमा पनि त्यसरी लेखेकै थिइनँ। त्यस्तो भएको पनि थिएन। पत्रकारहरुको भीड भएकोले पछाडि बस्नेहरुले अगाडि बस्नेहरुलाई नछेक्न गाली गरेका थिए। ज्ञानेन्द्रलाई गाली गरेको मैले देखेको थिइनँ) Ani tyo MURTI chor Blog matter ko comment ma 1 number ma Narayanhetti ma babal garna patrakar  Nayapatrika ka hunuparcha bhanna comment dekhda dukha lago. Timro ra nayapatrika bich ko sambandha taha vayana. tara kamsakam comment halda NAYAPATRIKA ma kam garna sabai patrakar lai muchchau.timro blog ho manlagako rakhna pauchau, tara tasko prabhav kasto huncha tyo pani bichar garna ki ?

KP Dhungana
www.hamroblog.com
Kathmandu, Nepal
9841368677

उसको इमेल हालिदिएँ त्यो कमेन्टमा।

अरु त उस्तै हो। अब फेरि पढ्नुछ।

ए अँ बरु एउटा कोरियाली ब्लगरलाई नेपालमा शाहवंशको पतन भएकोमा दुःख लागेछ। यहाँ हेरेर थाहा पाएको मैले त।

Comments (View)
blog comments powered by Disqus

Browse the Archive  /  Subscribe via RSS  /  Powered by Tumblr

Users Online