Wed
Jul
30
ब्लगको विज्ञापन एफएममा
ब्लगको विज्ञापन एफएममा बजेको कहिल्यै सुन्नुभएको छ ?
सुन्नुभएको छैन भने नेपालीको रेडियो ८८.८ मेगाहर्ज एफएममा सुन्नुस् है त। त्यसमा जुलाई २९ तारिख राति १० बजेदेखि माइसंसार डट कमको विज्ञापन बज्न थालेको छ। माइसंसार डट कमबाट सो एफएम सुन्न सकिन्छ।
एफएम सञ्चालक सन्तोष भट्टराईले यो विज्ञापन बनाएका हुन्।
जे होस्, नेपालमा पहिलो पटक एउटा ब्लगको विज्ञापन रेडियोमा बज्दा पनि एउटा कीर्तिमानै कायम भएको छ। कि कसो ?