म र मेरो संसार

and its ONLY about me...NO more poltics...just me n my sansar !!! माइसंसार डट कमका राजनीतिक गफलाई छाडेर आफ्नै संसारमा रम्नका लागि यो व्यक्तिगत गफको चौतारी contact me salokya@gmail.com MSN: salokya Yahoo: salokya
Fri Aug 29
घर सर्नु भनेको निकै झ्याउ लाग्ने काम हुँदो रहेछ। इन्टरनेट र फोनको त अभाव छ नै, कुन सामान कता छ भन्ने पनि थाहा नहुने रहेछ। जुत्ता छैन, खोज्यो, भेटियो। फेरि मोजा छैन। खोज्यो, भेटियो। फेरि डटपेन छैन….

मेरा पुस्तकहरु पनि प्याक भएर यो कोठाबाट हिँड्नु पर्‍यो।

सामानहरु पोको पार्दै। गार्‍हो रहेछ कोठा सर्नु भनेको। अहिलेसम्म यस्तो अनुभव गरिएको थिएन।

घर पुरानो, ९० सालको भूकम्पपछि बनेको। तैपनि माया त लाग्छ नै ३ दशक बिताएको घरमा।

यो कोठामा मैले एक दशकभन्दा बढी बिताइसकेको रहेछु।

पारीपट्टी घर नबन्दा यो आँखिझ्यालको प्वालबाट बाहिरको दृश्य हेर्न निकै रमाइलो हुन्थ्यो।

मेरो जन्म कुनै अस्पतालमा हैन, यही कोठाको कुनामा भएको थियो रे।

घरमा रहेको रेकर्ड प्लेयर

Comments (View)
blog comments powered by Disqus

Browse the Archive  /  Subscribe via RSS  /  Powered by Tumblr

Users Online