शिक्षा दिवस कलेज बन्द गरेर मनाइयो
हाम्रो जर्नलिज्म एन्ड मास कम्युनिकेसन एमए दोस्रो वर्षको कक्षा बडो सुस्त गतिले भइरहेको छ। कहिले अरुहरुको परीक्षा छ भनेर हप्ता दिनसम्म क्लास नहुने, अनि कहिले चाहिँ के भनेर कहिले के भनेर। हप्तामा छ दिन क्लास त अहिलेसम्म भएकै छैन। विदा पनि कति हुने रहेछ।
आज (सेप्टेम्बर ८) मा पनि विदा। किन रे भन्दा शिक्षा दिवसका लागि रे। पहिले पहिले अर्कै दिन मनाइन्थ्यो शिक्षा दिवस। यो चाहिँ गणतन्त्र नेपालको पहिलो शिक्षा दिवस रे। त्यसैले पहिलेको मितिमा हैन। अनि शिक्षा दिवस कै दिन हाम्रो कलेजको वार्षिकोत्सव पनि रहेछ। त्यसैले भोलिपल्ट पनि विदा रहेछ।
साता दिनपछि कलेज गएको आइतबार, फेरि दुई दिन विदा परेछ। गज्जब छ हाम्रो पढाइ त। पढाइ बन्द गरेर शिक्षा दिवस मनाउन्जेल हाम्रो शिक्षाको गुणस्तर बढ्ला ?