म र मेरो संसार

and its ONLY about me...NO more poltics...just me n my sansar !!! माइसंसार डट कमका राजनीतिक गफलाई छाडेर आफ्नै संसारमा रम्नका लागि यो व्यक्तिगत गफको चौतारी contact me salokya@gmail.com MSN: salokya Yahoo: salokya
Sun Oct 26

अल्छी

माइक्रोब्लगिङ गर्न अल्छी गरेकोले होला यो साइटमा नछिरेको कति भइसक्यो। खासै त्यस्तो लेख्‍नुपर्ने कुरा पनि केही देखिएन। त्यसैले पनि लेखिएन र माइसंसार तिर नै रमियो। तिहार सुरु भयो आजबाट। तिहारपछि कलेज सुरु हुन्छ। कलेजका धेरै assignment हरु पछि गरौँला भन्दै अल्छी गरिरहेको छु। अब सब कुरा मिलाएर गर्नुपर्छ। मिलाएर गर्नुपर्छ भन्दा अस्ति नै जोगबनीमा ‘मिलाउन मिल्दैन, यो फिक्स प्राइसको दोकान हो’ भनेको सम्झी सम्झी हाँसो उठ्छ। हामीले त ‘मिलाएर गरौँ’ भन्ने थेगो जस्तै बनाइसकेका थियौँ।

Comments (View)
blog comments powered by Disqus

Browse the Archive  /  Subscribe via RSS  /  Powered by Tumblr

Users Online